Rule 13E
अन्त शुल्क फिर्ता सम्बन्धी व्यवस्थाः
(१) ऐनको दफा ३ख. को उपदफा (५) बमोजिम अन्त शुल्क फिर्ता पाउन ..... विभागले तोकेको ढाँचामा अन्तशुल्क अधिकृत समक्ष दरखास्त पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश हुने दरखास्त साथ विभागले तोके बमोजिमका निर्यात प्रमाणित हुने कागजात पेश गर्नु पर्नेछ ।
(३) ऐनको दफा ३ख( को उपदफा (६) बमोजिम फिर्ता गरिने अन्तशुल्क रकम बीस हजार रुपैयाँभन्दा बढी भएमा सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा हुने गरी चेक मार्फत भुक्तानी गर्नु पर्नेछ ।